धनुषा । काठमाडौँबाट विराटनगर आउदै गरेको बस धनुषामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
आइतबार बिहान बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस धनुषाको मिथिला नगरपालिका–९, फुटबल ग्राउन्ड नजिक पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।
अर्को बसलाई ओभरटेक गर्दा अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। उनीहरूलाई लालगढस्थित मोइल अस्पतालमा भर्ना गरिएको छ।
बसमा ३३ यात्रु सवार थिए। अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ।