काठमाडौँ । तमिलगा वेत्री कझगम (टीभीके)का अध्यक्ष सी.जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् ।
तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद र गोपनीयताको शपथ दिलाएका हुन् । विजयले बिहान १० बजे चेन्नईको नेहरु स्टेडियममा पदको शपथ लिए ।
विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् ।