काठमाडौं । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा एउटा गोदाममा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४५० जना घाइते भएका छन्।
कन्टेनरबाट सामान भण्डारण गर्ने ठाउँमा विस्फोट भएको हो। तर विस्फोटको कारण भने खुल्न सकेको छैन्। सीताकुण्ड सहर बंगलादेशको दोस्रो ठूलो सहर चटगाउँबाट करिब ४० किलोमिटर दूरीमा पर्छ।
गोदाममा भएको विस्फोटपछि सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइते हुनेमा गोदामका कर्मचारीका साथै दमकलकर्मी र प्रहरीसमेत छन्।
विस्फोटको लामो समयपछि दमकल र सुरक्षाकर्मीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएका छन्। यो गोदाममा झण्डै ६ सय मानिसले काम गर्दै आएका छन्।