बिहार । भारतको बिहार राज्यस्थित नालन्दामा विषाक्त मदिरा सेवनबाट कम्तीमा ८ जना मजदुरको ज्यान गएको छ । निर्माण क्षेत्रमा कार्यरत मजदुरहरु मदिरा सेवनपछि बिरामी परेका थिए ।
मृतकहरुले शुक्रबार राति अवैध मदिरा सेवन गरेको र शनिबार उनीहरुको ज्यान गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतकहरुसँगै सो समयमा अन्य ५० जनाले अवैध मदिरा पिएको प्रहरीले जनाएको छ। मदिरा सेवन गरेका अन्य चार जनाको अवस्था गम्भीर छ ।