बिहारमा आँधी, वर्षा र चट्याङमा परी ३३ जनाको मृत्यु

न्युजलय ७ जेठ २०७९, शनिवार ०४:१३ मा प्रकाशित

काठमाडौं । भारतको बिहारमा शुक्रबार दिउँसोदेखि आँधी, वर्षा र चट्याङमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ । 

राज्यका थुप्रै जिल्ला प्रभावित भएका छन् र भारी क्षती पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारका लागि चार लाख भारुको  आर्थिक मद्दतको घोषणा गरेका छन् ।

मुख्यमन्त्री कार्यालयको तर्फबाट भारी वर्षा र आँधीका कारण भएको क्षतिको विवरण लिइएको र प्रभावित परिवारलाई मद्दत गरिने जानकारी दिएको छ ।

पटनाको मौसम विभाग केन्द्रले अबको दुई दिनमा बिहारका भिन्न भिन्न इलाकामा तेज गतिमा हावा चल्ने पूर्वानुमान जारी गरेको छ ।