भारतमा एकैदिन थपिए २ लाख ५७ हजार कोरोना संक्रमित

न्युजलय ३ माघ २०७८, सोमबार ०७:१७ मा प्रकाशित

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जना कोरोना संक्रमित थपिएका छन् ।


यही अवधिमा एक लाख ४२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् भने ३८८ संक्रमितको मृत्यु भएको छ ।

 

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७३ लाख ७९ हजार २७७ पुगेको छ । तीमध्ये ३ करोड ५२ लाख २७ हजार ९६७ निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८६ हजार ४८२ जनाको मृत्यु भइसकेको छ ।


अहिले त्यहाँ सकृय संक्रमितको संख्या १६ लाख ६४ हजार ७७८ पुगेको छ ।