सुनचाँदीको मूल्य बढ्यो

न्युजलय १३ बैशाख २०८३, आइतबार ११:३९ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ७०० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार २०० कायम भएको छ । 

त्यस्तै चाँदी ५० रुपैयाँले बढेर चार हजार ९९५ मा कारोबार भइरहेको छ ।