अभिनेता रमित ढुंगानालाई मातृशोक

न्युजलय १३ बैशाख २०८३, आइतबार १२:५८ मा प्रकाशित

 काठमाडौँ । अभिनेता रमित ढुंगानालाई मातृशोक परेको छ। 

उनकी आमा ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा आइतबार बिहान ललितपुरस्थित सुमेरू सिटी अस्पतालमा उपचारका क्रमममा निधन भएको हो ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

ज्ञानुदेवीको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।