काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै छन् ।
किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् ।
किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको बताइएको छ ।
किराती पूर्वपर्यटनमन्त्री हुन् । जेन जी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका थिए ।