काठमाडौं । अभिनेत्री तथा मोडल शिल्पा मास्केले विवाह गरेकी छन् । प्रेमी फ्लावर केसीसँग उनले मुस्ताङ पुगेर विवाह गरेकी हुन् ।
इन्स्टाग्रामबाट उनले विवाहका आकर्षक फोटो सार्वजनिक गरेकी छन् । मुस्ताङको हिमाल, जंगल र पहाडले घेरिएको कोवाङमा उनीहरूले विवाह गरेका हुन् ।
आफूहरूले सँधै प्रकृतिको बीचमा विवाह गर्ने कल्पना गर्दै आएको र त्यो सपना पूरा भएको उनले उल्लेख गरेकी छन् ।