काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अंकले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ ।
आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा तीन अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।