सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी १६ युक्रेनीको मृत्यु

न्युजलय १४ असार २०७९, मङ्गलबार ०७:२७ मा प्रकाशित

काठमाडौं । क्रेमेन्चुकको मध्य सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् ।


घाइतेमध्ये २५ जना अस्पतालमा भर्ना भएको आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकले जनाए । सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको उनले बताए ।


आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए ।  


क्रेमेन्चुक सहरको जनसंख्या २ लाख २० हजार छ ।