काठमाडौं । पोर्चुगलमा एक नेपालीको मृत्यु भएको छ । नेपालको गुल्मी जिल्ला घर भएका अन्दाजी ४५ बर्षिय एक पुरुषको आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।
लिस्वनस्थित ग्रासामा कोठा भाडामा लिएर बस्ने गरेका ती पुरुष मृगौलाको बिरामी भएको पनि खुलेको छ । अहिले एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकरी तथा वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठ लगायतको टोली घटनास्थलमा पुगी घटनाको जानकारी लिएर शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्याईएको छ ।
घटनास्थलबाट एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले दिएको जानकारी अनुसार बेलुका करिब ८ बजेको समयमा सुतिरहेकै अवस्थामा निजको निधन भएको देखिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।