भारतमा बढ्यो कोरोना संक्रमण

न्युजलय २५ जेठ २०७९, बुधबार ०३:१६ मा प्रकाशित

काठमाण्डौ । भारतमा २४ घण्टाको समयावधीमा थप पाँच हजार २३३ जना कोरोना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

सोमबार, भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना संक्रमण भएको थियो । मङ्गलबार वृद्धि भएका यो कोरोना संक्रमितहरु मध्ये महाराष्ट्रका एक हजार ८८१ जना रहेका थिए । यो सङ्ख्या फेबु्रअरी १८ यताकै उच्च हो ।

सोमबाार तुलना मङ्गलबार कोरोना संक्रमणमा ४१ प्रतिशतले बृद्धि भएको समाचारमा जनाइएको छ । हाल भारतमा कोरोनाका सक्रिय संक्रमित सङ्ख्या २८ हजार ८५७ रहेका छन् ।