काठमाडौँ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई कोरोना भाइरस संक्रमण भएको छ । गेट्सले आफुलाई कोरोनाको हल्का लक्षण देखिएको र हाल आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।
आफुले कोरोनाको पूर्ण खोप लगाएको र त्यसपछि बुस्टर डोज समेत लगाएको उनले उल्लेख गरेका छन् ।
आफु चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा रहेको बताएका छन् ।