टर्कीमा बम विस्फोट, कम्तीमा ६ जनाको मृत्यु

न्युजलय २८ कार्तिक २०७९, सोमबार ०६:५९ मा प्रकाशित

काठमाडौं । टर्कीको इस्तानबुल शहरमा बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्फोटमा ५३ जना घाइते भएका छन् । शहरको भीडभाड हुने क्षेत्रमा विस्फोट गराइएको थियो ।

 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले घटनामा संलग्न दोषीमाथि कारवाही हुने बताएका छन् । विस्फोटपछि सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।