काठमाडौं । अस्ट्रेलियामा एकैदिन डेढ लाख हाराहारीमा कोरोना संक्रमण देखिएको छ । कोभिड महामारीपछिको अहिलेसम्मकै उच्च एक लाख ४७ हजारमा कोरोना देखिएको हो ।
संक्रमितमध्ये ९२ हजार जना न्यु साउथ वेल्स (एनएसडब्लु) का छन् । कोभिडको नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ ।
महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियामा पछिल्लो लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लुका छन् । तर ओमिक्रोनका कारण हुने मृत्यु दर यसअघिको महामारीमाभन्दा न्यून रहेको जनाइएको छ ।