पत्रकार महसंघको स्थापना दिवसमा इटहरीमा प्रभातफेरी

न्युजलय १६ चैत २०८२, सोमबार ०२:१४ मा प्रकाशित

इटहरी । नेपाल पत्रकार महसंघको ७१ औँ स्थापना दिवसको अवसरमा आज इटहरीमा प्रभातफेरीको आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा इटहरीमा भेला भएका पत्रकारहरुले प्रभातफेरी गर्दै नगरको परिक्रमा गरेका छन् । 

सुनसरीका इटहरी, धरान, इनरुवा, रामधुनी, दुहबी बराहक्षेत्र लगायतका सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

इटहरी उपमहानगरपालिकाको गेटबाट सुरु गरिएको प्रभातफेरी इटहरी चौकको परिक्रमा गरी उपमहानगरपालिका अगाडी आएर कोण सभा गरिएको थियो ।