सुनसरी । भारतले लामो समयदेखि अध्ययन गरिरहेको बहुचर्चित कोशी उच्च बाँधसम्बन्धमा गहन अध्ययन गरेर मात्र निर्णय गर्न सुनसरीका सांसद लालविक्रम थापाले अनुरोध गरेका छन् ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा आयोजनाले सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, सङ्खुवासभा लगायतका जिल्लाहरूमा पार्ने प्रभाव अध्ययन गर्दै अघि बढ्न आग्रह गरेका हुन् । सोको लाग आयोजनासम्बन्धी सम्पूर्ण फाइलहरू झिकाई गहन अध्ययन गर्ने विषयमा सार्थक छलफल भएको उनले जानकारी दिएका छन् ।
यस्तै सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नं. ९ मा गरिब भएकै कारण विद्युत् सेवा नपाएका परिवारहरूमा विद्युत् पहुँच विस्तार गरी बत्ती बाल्न पहल गरेको, देवानगञ्ज गाउँपालिकामा हेभी ट्रान्समिटर उपलब्ध गराउने विषयमा पनि छलफल भएको जानकारी दिएका छन् ।