भारतमा एकैदिन झण्डै डेढ लाख जनामा संक्रमण पुष्टि

न्युजलय २४ पुस २०७८, शनिवार ०७:४८ मा प्रकाशित

काठमाडौँ । भारतमा एकैदिन झण्डै डेढ लाख कोरोना संक्रमित थपिएका छन् ।


ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार ३७४ जनामा संक्रमण पाइएको हो ।


यही अवधिमा २८ हजार २५१ जना निको भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ ।


भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । त्यहाँ अहिले गम्भीर विरामीको संख्या ९ हजारको हाराहारीमा छ ।