नाइजेरियामा बन्दुकधारीहरूद्वारा ४८ जना स्थानीयको हत्या

न्युजलय २५ बैशाख २०७९, आइतबार ०९:३४ मा प्रकाशित

नाइजेरिया । नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यका तीन गाउँमा बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ। 


प्रिमियम टाइम्स नाइजेरियाका अनुसार स्थानीय अधिकारी र बासिन्दाहरूले आइतबार यसबारे जानकारी दिएका हुन्। डाकाहरूले बन्दुक चलाएर स्थानीयको हत्या गरेको उनीहरूले बताएका छन्।

 

बकुरा गाविसका प्रशासकीय प्रमुख अमिनु सुलेमानले एक जना बासिन्दाले उपलब्ध गराएको मृतक संख्या पुष्टि गर्दै तीन गाउँ दम्री, सबोन गारिन र कालाहमा डाकाहरूले गरेको आक्रमणमा ४८ जनाको मृत्यु भएको बताएका छन् । 


स्थानीयहरूका अनुसार घटना शुक्रबार दिउँसोको हो। बन्दुकधारीहरूको आक्रमणबाट मृत्यु हुनेको संख्या ५० भन्दा बढी भएको पनि उनीहरूले बताएका छन्। तर आक्रमणस्थल सहरबाट धेरै टाढा जंगली क्षेत्रमा भएकाले घटनाबारे थप विवरण आउन अझै केही समय लाग्ने बताइएको छ।