यात्रुवाहक बससँग कार ठोक्किँदा १७ जनाको मृत्यु

न्युजलय २८ पुस २०७८, बुधबार ०२:१५ मा प्रकाशित

काठमाडौं। यात्रुवाहक बससँग कार ठोक्किएर भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । दुर्घटनापछि बस पड्किएको थियो । मंगलबार दक्षिण अफ्रिकाको दक्षिण पश्चिमी प्रान्त लिम्पोपोको एन १ रोडमा टोयोटा एसयुभी कार र २२ सिटे बस ठोक्किएका थिए । 

यहाँको यातायात तथा सामुदायिक सुरक्षा विभागका एक प्रवक्ताले बताएअनुसार कारको टायर पड्किएपछि कार चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जाँचमा पाइएको छ ।