श्रीलंकामा इन्धन संकट, एक साता सार्वजनिक बिदा

न्युजलय ५ असार २०७९, आइतबार ०७:१५ मा प्रकाशित

एजेन्सी । संकटग्रस्त श्रीलंकामा एक हप्ताका लागि सरकारी कार्यालय बन्दको घोषणा गरिएको छ । 

सोमवार श्रीलंकाको सरकारले इन्धन संकटका कारण सरकारी कार्यालय बन्द गर्ने घोषणा गरेको हो ।

आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा पछिल्ला दिनहरूमा इन्धन संकट समेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

‘डेली मिरर’का  अनुसार बिजुली आपूर्तिमा समस्या भइरहेको श्रीलंकाको शिक्षा मन्त्रालयले सरकारी तथा निजी विद्यालयहरूलाई आगामी साता अनलाइन कक्षा लिनका लागि भनिसकेको छ । 

इन्धनको खपत कम गर्नका लागि श्रीलंकाको सरकारले कम्तिमा एक साता सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । 

न्यूनतम कर्मचारीबाट काम गर्ने नीति अन्तर्गत त्यहाँको सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।