भारतमा एकैदिन २७ सय संक्रमित थपिए, १४ जनाको मृत्यु

न्युजलय १३ जेठ २०७९, शुक्रबार १२:१२ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढेको छ। 

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबारको तुलनामा करिब ३ प्रतिशतले कोरोना संक्रमित थपिएका हुन्। बिहीबार २ हजार ६२८ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै यस अवधिमा १४ जनाको मृत्यु भएको छ।

बुधबार २ हजार १२४ र बिहीबार २ हजार ६२८ जनामा कोरोना देखिएको थियो।