पछिल्लो २४ घण्टामा भारतमा ३ हजारभन्दा बढीमा कोरोना संक्रमण

न्युजलय १५ बैशाख २०७९, बिहिबार ११:०० मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढ्दै गएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टाभित्र कोरोनाका ३ हजार ३०३ नयाँ संक्रमित भेटिएका छन् ।

यतिबेला कोरोनाका २ हजार ५६३ बिरामी निको पनि भएका छन् र ३९ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण हुने मृत्युको संख्या ५ लाख २३ हजार ६९३ पुगेको छ र सक्रिय संक्रमितको संख्या बढेर १६ हजार ९८० पुगेको छ ।