श्रीलंकाका मन्त्रीहरुले दिए सामुहिक राजिनामा

न्युजलय २१ चैत २०७८, सोमबार ०८:४५ मा प्रकाशित

काठमाडौ । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका २६ जना मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छन्। 

मन्त्रीहरुले सम्हाल्दै आएको कार्यभार अब प्रधानमन्त्री राजपाक्षेले सम्हाल्ने बताइएको छ। आर्थिक संकट बढ्दै गएपछि श्रीलंकामा प्रदर्शन बढ्दो छ भने सरकारले केही क्षेत्रमा कर्फ्युसमेत लगाएको थियो। प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजपाक्षेको राजिनामा माग गर्दै ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन्। 

आइतवार भएको प्रदर्शनमा ६५० भन्दा बढी मानिसहरु पक्राउ गरिएको थियो। आर्थिक संकटको विरोधमा मानिसहरु कर्फ्यू तोडेर प्रदर्शनमा उत्रिएका थिए। आक्रोश बढेपछि अहिले श्रीलंकमा सोसल मिडियामा प्रतिबन्ध लगाइएको छ। 

१६ घन्टा लामो समयसम्म बिजुली प्रवाह काटिनु, खाना पकाउने ग्यासको अभाव हुनु, पेट्रोल, डिजेल र मट्टीतेल उपलब्ध नहुनु, अत्यावश्यक खाद्यान्नको अभाव र चर्को मूल्यवृद्धिले गराएको छ। इन्धनको मूल्यवृद्धिले सबै क्षेत्रमा महँगी बढाएको छ।