युक्रेनको विद्यालयमा बम विष्फोट, ६० जनाको मृत्यु भएको आशंका

न्युजलय २५ बैशाख २०७९, आइतबार ०५:०४ मा प्रकाशित

काठमाण्डौ ।  रुस र युक्रेनबीचको युद्धको केन्द्र बनेको पूर्वी युक्रेनको एउटा विद्यालयमा आइतबार ठूलो बम विष्फोट भएको छ । बम विष्फोटमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ । 

समाचार एजेन्सी एएफपीका अनुसार गभर्नरले बमबारीमा ६० जना बढी मानिसको मृत्यु भएको आशंका व्यक्त गरेको छ।  जानकारीअनुसार पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रको बिलोहोरिभका गाउँमा रहेको विद्यालयमा रुसी सेनाले बमबारी गरेको थियो । रुसले गरेको यो भीषण बम आक्रमणमा ६० जनाको ज्यान गएको आशंका गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार लुहान्स्कका गभर्नर सेर्ही गैडाईले रुसी आक्रमणको जानकारी दिँदै रुसी सेनाले विद्यालयलाई निशाना बनाएको बताए। यस विद्यालयमा आम नागरिकले शरण लिएका थिए । रुसी सेनाले गरेको भारी बमबारीका कारण विद्यालय भवनमा आगो लागेको दाबी गरेको छ।