काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हमला गर्ने निर्णय गरेको बताएका छन्। राष्ट्रपति वाइडेनले युक्रेनमा आक्रमण गर्ने रुसले निर्णय गरिसकेकाले जुनसुकै बेला हमला हुन सक्ने बताएका छन्।
अमेरिकी गुप्चतरले वाइडेनलाई रुसले हमला गर्ने निर्णय गरिसकेको सुचना दिएको बीबीसीमा समाचार छ। यद्यपी रुसले युक्रेनमाथि आक्रमण नगर्ने बताउँदै गएको छ।
युक्रेनमाथि आक्रमण गर्न रुसले सीमा क्षेत्रमा झण्डै २ लाख सेना तैनाथी अवस्थामा राखेको अमेरिकाले दावी गर्दै आएको छ। रुसले युक्रेनको पूर्वी क्षेत्रमा नक्कली संकट खडा गर्ने र सोही वहानामा आक्रमण गर्ने तयारी गरिरहेको समाचारमा उल्लेख छ।