भारतमा ग्यास सिलिन्डरले भरिएको ट्रकसँग बस ठोक्किदा १० जनाको मृत्यु

न्युजलय २१ पुस २०७८, बुधबार ११:५८ मा प्रकाशित

काठमाडौं । भारतको झारखण्डमा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । झारखण्डको पाकुडमा बुधबार बिहान भएको दुर्घटना १० जनाको मृत्यु भएको हो ।

साहिबगञ्जबाट दुमका जाँदै गरेको बस लिट्टीपाडा–अमडापाडा रोडमा ग्यास सिलिन्डरले भरिएको ट्रकसँग ठोक्किएको थियो । बसमा ४० भन्दा बढी यात्रा गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा करिब २५ जना घाइते छन् ।

स्थानीयका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्ने आशंका छ ।