काठमाडौं । भारतीय काँग्रेस नेता राहुल गान्धी विरुद्ध प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्दा दर्ता भएको छ ।
मुद्दा केजीएफ २ को म्युजिक लेबल कम्पनी एमटीआरले दायर गरेको हो।
भारत जोडो यात्राको प्रवद्र्धनमा राहुलले केजीएफ–२ को गीत गाएको कम्पनीको आरोप छ ।
एमटीआर म्युजिकका व्यापार साझेदार एम नवीन कुमारको उजुरीमा बैंगलोरको यशवंतपुर पुलिस स्टेशनले राहुल गान्धी, राज्यसभा सांसद जयराम रमेश र कांग्रेसका सामाजिक सञ्जाल र विरुद्ध मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।