काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफलाई आज मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताएकी हुन् ।
मन्त्री औरङ्गजेबका अनुसार प्रधानमन्त्री सरिफ चिकित्सकको सल्लाहमा निगरानीमा रहेका छन् ।