युक्रेनमा एउटा भवनको भग्नावशेषमा ४४ वटा शव भेटिए

न्युजलय २८ बैशाख २०७९, बुधबार १२:१८ मा प्रकाशित

 काठमाण्डौ । युक्रेनमा एउटा भवनको भग्नावशेषबाट ४४ वटा शव फेला परेको छन् । 

रुसी सेनाले आक्रमण तीव्र पारेको इज्यूम सहरमा भग्नावशेषभित्र ती शव फेला परेका बीबीसीले जनाएको छ ।

गएको मार्चमा रुसी सेनाले आक्रमण गरेपछि स्थानीयबासिन्दाले आश्रय लिएको पाँच तले भवन क्षतिग्रस्त भएको थियो । रुसले अप्रिल एकमा कब्जा गरेको इज्यूम सहरमा रुसी फौज अझै तैनाथ छन् ।

युक्रेनमा गएको फेब्रुअरी २४ देखि रुसले निरन्तर आक्रमण गर्दै आएको छ ।