काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ।
आइतबार प्रतितोला पाँच हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, सोमबार चाँदीको मूल्य २० रूपैयाँले घटेर प्रतितोला चार हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।