बढ्यो सुनको मूल्य

न्युजलय २९ बैशाख २०८३, मङ्गलबार १२:१५ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार ४ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज ३ सय ५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।