वीपी प्रतिष्ठानमा दुई दिन सार्वजनिक बिदा

न्युजलय २९ बैशाख २०८३, मङ्गलबार १२:२१ मा प्रकाशित

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रअनुसार प्रतिष्ठानले शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गर्न लागेको हो ।

प्रतिष्ठानका अनुसार हरेक शनिबार र आइतबार अस्पतालको बहिरङ्ग सेवा (ओपीडी), प्रशासनिक तथा शैक्षिक कार्यालय पूर्ण रूपमा बन्द रहनेछन् ।

यद्यपि, अस्पतालको अन्तरङ्ग सेवा तथा आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।