एसईई नतिजाको कारण १५ वर्षीय किशोरले गरे आत्महत्या

न्युजलय २९ बैशाख २०८३, मङ्गलबार ०२:०२ मा प्रकाशित

 वीरगन्ज । सोमबार सार्वजनिक भएको एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन् । 

पर्साको बहुदरमाई नगरपालिका –५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका –११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित थिए । उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।