इस्लामावाद । पाकिस्तानको पन्जाब प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौजनाको ज्यान गएको छ ।
गएको २४ घण्टायता भएका ती हमलाहरुमा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली प्रहार गरेको जनाइएको छ ।
पञ्जाब प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चारजनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।