दोहा । साउदीले गैर कानुनी १५ हजार ४१६ जना आप्रवासी नागरिक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ९ हजार ५७२, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३ हजार ७४७ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ९७ जना रहेका छन् ।
राज्यमा सीमा पार गर्न खोज्दा ३३१ जना पक्राउ परेका थिए। उनीहरुमध्ये ४४ प्रतिशत यमनी, ४२ प्रतिशत इथियोपियाली र १४ प्रतिशत अन्य राष्ट्रका थिए । ३१ उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानको लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए।
यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुर्याएर देश निकाला गरिने जनाएको छ ।
घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धड्पकड अभियान तीव्र पारेसँगै गैर कानुनी रूपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पक्राउ परेका, हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गरिने बताइएको छ ।