एजेन्सी । पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार(आज) बिहान एक जवानले मेसमा गोली चलाएका छन् ।
गोलीबारीमा ४ जवानको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । यसै क्रममा ४ जनालाई गोली हानेका जवानले पनि आफैले पनि गोली हानेर आत्महत्या गरेका छन् ।
घाइतेहरुको गुरुनानक देव अस्पतालमा उपचार भइरहेको छ । सोही क्रममा गोली चलाउनुको कारण कामको विवाद रहेको बताइएको छ ।
प्राप्त जानकारी अनुसार १५५ बटालियनका जवानहरू खासास्थित बीएसएफ मुख्यालयको मेसमा खाजा खाइरहेका थिए।
सो क्रममा १५५ गणका जवान सत्यप्पा एस.के रिसाउँदै आएर अन्धाधुन्ध गोली चलाउन थाले । कामप्रति जवान रिसाएका खुलेको छ ।
गोली चलाएपछि प्रहरी जवान सत्यप्पाले आफैलाई पनि गोली हानेका थिए ।