पाकिस्तानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १० जना घाइते

न्युजलय ८ असार २०७९, बुधबार ०८:३८ मा प्रकाशित

काठमाडौँ । पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा परी अरु १० जना घाइते भएका छन् ।


पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गिट बाल्टिस्तानमा यात्रुवाहक बस गहिरो नदीमा खसेको थियो ।


घुम्तीमा तीव्र गतिमा चलाएकाले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उनीहरूको भनाइ छ ।


दुर्घटनामा परेको बसमा १५ जना यात्रु थिए । घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।