कोरोना संक्रमण बढेपछि चीनको साङ्घाईमा अनिश्चितकालीन लकडाउन

न्युजलय २३ चैत २०७८, बुधबार ०४:०४ मा प्रकाशित

काठमाण्डौ । कोरोना भाइरस संक्रमण बढेपछि चीन सरकारले साङ्घाई सहरमा जारी लकडाउनको अवधि बढाएको छ । 

सुरुमा यस सहरको पूर्वी र पश्चिमी भागमा फरक फरक सुरक्षा उपायहरू अपनाइएको थियो । तर, अहिले सम्पूर्ण सहरमाथि नै अनिश्चितकालिन लकडाउन कार्यान्वयन गरिएको छ । 

वाणिज्य व्यवसायका लागि महत्वपूर्ण मानिने साङ्घाई एक महिना भन्दा लामो समयदेखि कोरोना भाइरस संक्रमणको नयाँ लहरविरुद्ध लड्दै आइरहेको छ । 

अहिले प्रत्येक दिन १३ हजार बढी नयाँ संक्रमित भेटिने गरेका छन् ।