अमेरिकाको एक विद्यालयमा गोली चल्दा बालबालिकासहित २१ जनाको मृत्यु

न्युजलय ११ जेठ २०७९, बुधबार १२:४३ मा प्रकाशित

काठमाडौं । अमेरिकाको टेक्सास प्रान्तस्थित एक प्राथामिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा २१ जनाको मृत्यु भएको छ । 

अधिकारीहरुले दिएको जानकारी अनुसार उक्त घटनामा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको हो ।

माध्यमिक विद्यालयमा अध्ययनरत स्थानीय युवकले अन्धाधुन्द गोली चलाउँदा उक्त घटना भएको हो । घटनामा संलग्न उनको प्रहरी कारबाहीमा घटनास्थलमै मृत्यु भएको समाचारमा उल्लेख छ ।

एबिसी टेलिभिजनका अनुसार अभियुक्तले प्राथमिक विद्यालयमा प्रवेश गरे र तुरुन्तै गोली चलाउन थालेका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारी निकायहरुमा २८ तारिखसम्म आधा झण्डा झुकाउन निर्देशन दिएका छन् ।