काठमाडौं । नार्कोटिक्स सेलले सोमबार १५.१५५ किलोग्राम चरेससहित तीन नेपाली लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका धनन्जय राई, आशिष राई र कञ्चमान योञ्जन रहेका छन् ।
प्रहरीले अभियुक्तको साथबाट एउटा तौल गर्ने मेसिन र नौवटा प्याकिङ पोलिथिन समेत बरामद गरेको छ । उक्त लागूऔषधको मूल्य ६० लाख भारतीय रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोलीलाई लागूऔषध बोकेर अपरिचित व्यक्तिलाई पुर्याउन आउन लागेको खास जानकारी प्राप्त भएको थियो ।
सूचनाको आधारमा प्रहरीले बाला साहेब गुरुद्वारा नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।