काठमाडौं । पश्चिमी नर्वेमा आज भएको हेलिकोप्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा आज बिहान दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।
नर्वेका सञ्चारमाध्यमहरूबाट प्रकाशित तस्बिरहरूमा उक्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ। दुर्घटनाग्रस्त हेलिकोप्टर भाडामा लिइएको थियो ।