काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेपश्चात विश्वमा तेलको मूल्यमा भएको वृद्धिको असर बेलायतका पेट्रोल पम्पहरुमा देखिएको छ।
बेलायतमा आइतबार पेट्रोलको औसत मूल्य प्रतिलिटर १.५१ युरो पुगेको बताइएको छ ।
यस्तै, डिजेलको मूल्य पनि प्रतिलिटर १.५५ युरो पुगेको छ। यो अहिलेसम्मकै पेट्रोलियमको उच्च मूल्य हो।
रूस कच्चा तेलको दोस्रो ठूलो निर्यातकर्ता हो। बेलायतको आयातको ६% रुसबाट आउँछ।
यससँगै रुसमा लगाइएका विभिन्न प्रतिबन्धहरूले गर्दा विश्वव्यापी रुपमा मूल्यहरू बढ्न सक्ने चिन्ता थपिएका छन्।