नाइजेरियाको चर्चमा बन्दुक आक्रमण हुँदा २१ जनाको मृत्यु

न्युजलय २४ जेठ २०७९, मङ्गलबार ०८:५१ मा प्रकाशित

काठमाडौं । नाइजेरियाको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान गएको छ । घटनामा अन्य ४० जना घाइते भएका बताइएको छ।

नाइजेरियाको सामान्यतया सुरक्षित मानिएको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा भएको रक्तपात नाइजेरियाको उत्तरमा आश्रयस्थल बनाउँदै आएको जिहादी समूहले गराएको हो । उसले पटक पटक आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन्। यद्यपि आक्रमणको जिम्मेवारी कुनै समुहले लिएको छैन। 

बन्दुकधारीहरु चर्चमा समेत प्रवेश नगरी नजिकै रहेका घरहरूका झ्यालबाट गोली हानेको बताइएको छ । 

उपराष्ट्रपति यमी ओसिनबाजो केही घाइतेलाई भेट्न सोमबार पुगेका ओओओका एएफपी संवाददाताले बताए। राज्य सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा सात दिने शोकको घोषणा गरेको छ। नीजि मेडिकल एसोसिएसन ९एनएमए० ले पनि सोमबार त्यहाँका बासिन्दालाई घाइतेका लागि रक्तदान गर्न अपिल गरेको थियो।

यस आक्रमणको लागि अहिलेसम्म कुनै पनि समूहले जिम्मेवार भएको दाबी गरेको छैन र आक्रमण गर्नुको कारण थाहा हुनसकेको छैन। एक जना प्रत्यक्षदर्शीले एएफपीसँग चर्चको परिसरमा कम्तीमा पनि पाँच जना बन्दुकधारी देखेको बताए।