युक्रेनमा आफ्ना ५०० जनामात्र सेना मारिएको रुसको दाबी

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०७:१६ मा प्रकाशित

काठमाडौँ । रुसको रक्षा मन्त्रालयले युक्रेनमा अहिलेसम्म ४९८ रुसी सैनिकको मृत्यु भएको जनाएको छ । १५९७ जना घाइते भएका छन् ।

युक्रेनले अहिलेसम्म ५ हजार ८४० जना रुसी सैनिकको मृत्यु भएको र २०० भन्दा बढीलाई पक्राउ गरेको आँकडा सार्बजनिक गरेको थियो । यता युक्रेनले अहिलेसम्म युक्रेनी सेनाको मृत्यु र घाइतेको संख्याको तथ्याङ्क भने दिएको छैन ।

यी आँकडाको स्वतन्त्र रूपमा प्रमाणित नभएपनि बेलायती रक्षा मन्त्रालयले मस्कोको सेनाले ठूलो क्षति बेहोरेको बताएको थियो । यसअघि युक्रेनको आपतकालीन सेवाले अहिलेसम्म २,००० भन्दा बढी नागरिक र १० आपतकालीन सेवाका कर्मचारी मारिएको जनाएको थियो ।