सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

न्युजलय १५ बैशाख २०७९, बिहिबार ०१:२६ मा प्रकाशित

काठमाण्डौ । मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

यसैगरी दुर्घटनामा परी अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बताएका छन्। झडपमा संलग्न नौ जना कामदारहरूलाई हिरासतमा लिइएको छ।

झडप प्लान्टको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरू बीचको लामो समयदेखि चलिरहेको विवादसँग जोडिएको स्थानीय मिडियाले रिपोर्ट गरेको छ।