भारतमा फेरी बढ्यो कोरोना संक्रमितको संख्या

न्युजलय २५ फाल्गुण २०७८, बुधबार ०४:३४ मा प्रकाशित

काठमाण्डौ । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको भएपनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको पाइएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ५७५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार(आज) जानकारी दिएको छ । यद्यपी सोमबार तीन हजार ९९३ जना कोरोना सङ्क्रमित भएका थिए । 

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४६ हजार ९६२ पुगेको अधिकारीले जनाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा सात हजार ४१६ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार ३५५ को मृत्यु भएको छ । तीमध्ये १४५ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।