काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ आएपछि उनले आफूलाई क्वारेन्टाइनमा राखेकी छन् ।
उनले अमेरिकी मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएकी हुन् । ह्यारिसका अनुसार चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएका छन् । तर, अमेरिकी उपराष्ट्रपतिमा कोरोनाको गम्भीर लक्षण भने भेटिएको छैन ।